निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ स्थित विद्यासागर इङ्गलिस बोर्डिङ स्कूलले ३४औँ वार्षिकोत्सवको अवसरमा बुधवार विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।सरस्वती पूजाको दिन स्थापन भएको विद्यालयले विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक एवंम साहित्यकार समीर पाख्रिनले आफूहरुले स्थापना गरेको विद्यालयले गरेको प्रगति देखेर खुसी लागेको बताउनुभयो । उहाँले निजगढको शैक्षिक क्षेत्रको विकासमा टेवा पु¥याउन आफूहरुले निक्कै दुखकष्टका साथ विद्यालय स्थापना गरेर संचालन गरेको पनि बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका शिक्षा तथा युवा शाखा प्रमुख उत्तम लामिछाने, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामालगायतले विद्यालयको थप प्रगतिको लागि शुुभकामना दिएका थिए ।
सोही अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक पाख्रिन, शिक्षिका ज्योति थापा, पूर्वशिक्षक लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
विद्यालय संचालक समितिका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालय संचालक सदस्य सन्तबहादुर लामाले विद्यालयको शैक्षिक अवस्था, भौतिक संरचनाको अवस्थाको बारेको विवरण उल्लेख भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक कैलाश धितालले गर्नुभएको थियो ।

Leave a Reply