वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका लत्ताकपडासहित १ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २ गण्डकस्थित सडक खण्डमा ना २ ह १८४३ नम्बरको अटोमा भन्सार छली गरी ल्याइएका सर्टको थान कपडा र टिसर्टहरु पर्सा प्रहरीले बरामद गरेको हो ।
वीरगन्ज हुँदै बाराको जितपुरतर्फ लैजादै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का १८ वर्षीय सोनु महमदलाई अटोसहित नियन्त्रणमा लिएको छ ।
३ लाख ४७ हजार ४ सय मुल्य बराबरको बिल बिजक बिनाका कपडाहरु आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
पक्राउ परेका महमदविरुद्ध भन्सार छली सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी खनालले बताउनुभयो ।