काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै सभापति लामिछानेले शासकीय स्वरूपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरू रहेको बताउनुभएको हो ।

उहाँले वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति आफूहरूको प्रतिबद्धता नडगमगाएको उल्लेख गर्नुभयो । पुराना नेताहरूले देशमा पु¥याएका योगदानलाई नजरअन्दाज गर्ने काम पनि गर्न नहुने उहाँको भनाइ छ ।सभापति लामिछानेले भन्नुभयो, ‘वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति प्रतिबद्ध छु । शासकीय स्वरूपमा सामथ्र्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ । तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन । डगमगाउने वाला पनि छैन ।’

Leave a Reply