सोमबार ४२ औं पर्यटन दिवस । अघिल्ला भन्नाले दुई वर्ष अगाडि निकै तामझाम गरेर पर्यटन दिवस मनाइएको थियो । तर पछिल्लो दुई वर्षदेखि यो कार्यक्रम हुन सकेको छैन । कोरोनाका कारण पर्यटन क्षेत्र अन्य क्षेत्र जसरी नै एकदमै मारमा परेकै हो । अरु क्षेत्र जसरी नै यो क्षेत्रलाई कोरोनाले अस्तव्यस्त बनाएको हो ।
यो अवस्थामा पर्यटन दिवसको अर्थ के नै रहन सक्छ र ? तैपनि अब कोरोनाको कारण वा बाहना बनाएर यत्तिकै बस्ने हो भने नेपाल धेरै पछाडि पर्ने निश्चित छ । कोरोनालाई अवसरको रुपमा लिँदै अगाडि बढ्नुको बिकल्प छैन । अब खोप कार्यक्रमलाई प्रभावकारी बनाउदै पुनः पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक छ ।
यसका लागि सीमा नाका सहज बनाउन जरुरी छ । सीमामा कडाइ गर्न आवश्यक छैन । बरु होल्डिंग सेन्टर भने बनाउन आवश्यक छ र यसलाई यसरी नै व्यवस्थापन गर्न पनि जरुरी छ । सीमा नाका बन्द हुँदा पर्यटन क्षेत्र चलायमान हुन सकेको छैन । त्यसैले पनि यसलाई चलायनमान बनाउनका लागि अव सिमा नाका सहज बनाउनेतर्फ ध्यान दिनुपर्छ ।

















