बिदुर खडका

डुमरवाना,चाडबाड नजिकिएसंगै बाराको वनमा अतिक्रमण पनि बढेको छ । हिन्दुहरुको महान चाड दशै नजिकिदै गर्दा वन क्षेत्रसंग जोडिएका वस्तिका युवाहरुले खेलकुद मैदान तथा रनोरञ्जन स्थल निर्माण गर्ने नाममा वन अतिक्रमण तीव्र पारेका हुन । वन क्षेत्र अतिक्रमण गरेर फुटबल मैदान तथा धार्मिक स्थलको नाममा मठ मंन्दिर, मोरंन्जन स्थल र पार्क निर्माण हुन थालेपछि स्थानीय सचेत नागरिकहरुमा भने चिन्ता बढेको हो ।

जितपुरसिमरा उपमहानगरपालिकामा रहेको मुसहर्नीमाई मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रदेखि भिमेश्वर सामुदायिक वन समूहसम्मको एउटै वडाभित्र मात्रै हाल ४ वटा फुटबल खेल मैदान निर्माण भएका छन । वन सिमाना र आरक्षसंग जोडिएको जीतपुरसिमरा उपमहानगर पालिकाको वडा नम्बर १, २, ४, १४, १५, १६ र १८ नम्बर वडाका दर्जनौं स्थानमा पनि धार्मिक स्थलको नाममा वन क्षेत्र भित्र खेल मैदान, पार्क, मठ, मंन्दिर बनाइएको छ ।

पर्सा राष्टिय निकुन्ज अंन्तर्गत जनहित वन उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले चाडबाड नजिकिदै गर्दा वन अतिक्रमण गर्ने क्रम पनि बढेको स्वीकार्नु भएको छ । यता, वन अतिक्रमण भएको राधाकृष्ण वन उपभोक्ता समितिका अध्यक्ष सत्य श्रेष्ठले भने अतिक्रमण क्षेत्रमा वृक्षारोपण गरेर एउटा वडामा एउटामात्र फुटबल मैदान बनाउन पहल गर्ने जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here