नरेश गुप्ता

बरियारपुर,खाना पकाउने ग्यास सिलिण्डर पडकिएर नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य धुरी साह बुधवार राति गम्भीर घाइते हुनुभएको छ ।

घरमा बुहारीले खाना बनाउने क्रममा ग्यास नबलेपछि आफैले रेगुलेटर निकालेर बनाउने क्रममा लिक भएको ग्यास बाल्ने क्रममा अचानक सिलिण्डर पडिकिदा साह गम्भीर घाइते हुनुभएको थियो । घाइते साहको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारपछि थप उपचारको लागि राति नै काठमाण्डौं पुर्याइएको थियो । साहलाई राति १२ बजे एम्बुलेन्सबाट काठमाण्डौं पठाइएको साहका छोरा राहुल गुप्ताले जानकारी दिनुभयो । उहाँको कीर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहमपुरी निवासी साह गत वर्ष नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । नेकपा माओवादीको जिल्ला ईन्चार्ज समेत रहेर काम गर्नु भएका साह हाल एमाले मधेस प्रदेश कमिटी सदस्य हुुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here