वीरगन्ज,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको एक टोली बिहीबार वीरगन्ज महानगरपालिका कार्यालयमा पुगेको छ । अनुसन्धानका लागि माग गरेको कागजात महानगरले नबुझाएपछि टोली नै पठाएको अख्तियाको हेटौंडास्थित कार्यालयले जनाएको छ ।

वीरगन्जमा निषेधाज्ञा जारी रहेकै बखत अख्तियारले ५० हजार भन्दा बढी मुल्यांकन गरिएका घर जग्गाको विवरण माग गरेको थियो । वीरगन्जमा कोरोना संक्रमण कम भई स्थिति सामान्य भइसकेपछि पनि कागजात नपठाएपछि टोली नै पठाएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाका सूचना अधिकारी सहसचिव विष्णुप्रसाद सापकोटाले वीरगन्ज महानगरले माग गरेको कागजात नदिएपछि टोली पठाइएको जानकारी दिनुभयो ।

माग गरेको आवश्यक कागजात सम्बन्धित कार्यालयले नबुझाउने समस्या बढेपछि अन्य जिल्लाहरुमा पनि अख्तियारले टोली पठाएर कागजपत्र झिकाइरहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here