कृपा संवाददाता
बिरगंज –  जिल्ला प्रहरी कार्यालयले पछिलो समय छोरी निकासी , पैठारी तथा तस्करी कार्यलाई रोक्न कमर कसेर अगाडी बढेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीले छ किलो गाँजा सहित तिन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।

 

 

 

 

 

 

पक्राउ पर्नेमा भारत बिहार छपरा ग्राम महुली वडा नम्बर २ थाना तरैया बस्ने ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेको हो । प्रहरीका अनुसार उनीहरु ६ किलो लागूऔषध गाँजा बोकेर पैदल भारततर्फ जाँदै थिए । गोप्य सूचनाका आधारमा उनीहरुको शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारेर डोरीले पेटमा बाँधी राखेको ६ किलो गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply