बारा र पर्सालाई आर्थिक नगरी पनि भन्ने गरिन्छ । वीरगञ्जलाई त अझै देशकै आर्थिक नगरी पनि भन्ने गरिन्छ तर पछिल्ला दिनमा वीरगञ्जका उद्योगी व्यवसायीहरुको अवस्थाको विश्लेषण गर्ने हो भने उनीहरु नै आर्थिक रुपमा समस्यामा पर्दै गइरहेको बताएका छन् । वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रमा पनि दर्जनौं उद्योगहरु संचालनमा रहेका छन् । ती उद्योगहरुले रोगजारीको पनि राम्रो अवस्था सृजना गरेका छन् । धेरैको रोजीरोटी चलेको छ ।तर, पछिल्ला दिनमा त्यही उद्योगहरुको अवस्था पनि दयनीय बन्दै गएको पाइएको छ । सिमेन्ट उधोग त बन्द नै भएको छ । यसरी उद्योग बन्द हुँदा यसले देशको समग्र आर्थिक क्षेत्रमा असर पर्ने त निश्चित नै छ साथमा रोजगारीको अवस्थामा पनि यसले समस्या सृजना गर्ने छ । कुनै पनि व्यक्ति बेरोजगार हुनु भनेको आर्थिक रुपमा यसैपनि समस्यामा पर्नु हो । त्यसैले पनि सरकारले नै केही गर्नुपर्छ भन्ने कुरा पनि आउने गर्दछ ।यद्यपि सरकारले पनि कता कता के गर्ने भन्ने कुरा पनि उठ्नेछ । सरकार भनेको अभिभावक भएकाले पनि सरकारले सबै नागरिकहरुको हक अधिकार र आर्थिक गतिविधिको दायित्व त लिनु पर्दछ तर सबै सरकारले पनि गर्न सक्ने अवस्था आउदैन ।नेपाल जस्तो देशमा तत्तकार सरकारले केही कुरालाई गतिशील पनि बनाउन सक्दैन । त्यसैले पनि सरकारले नै सबै गर्छ भनेर आश गर्नुभन्दा पनि आफूले पनि आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि निजी क्षेत्रबाट पनि सोच बनाएर नीति बनाउन जरुरी छ ।

Leave a Reply