सेढवा,पर्सा जिल्लाको पश्चिमी क्षेत्रबाट सेटिङ्ग गरेर राँगा, भैँसी, कुखुराको तस्करी भईरहेको स्थानीयहरुको भनाइ छ । प्रहरीकै मिलोमतोमा खुलेयाम भारतबाट नेपालमा राँगा, भैँसी, कुखुरा तस्करी भइरहेको स्थानीयले दावी गरेका छन् ।
स्थानीयका अनुसार तस्करहरुले भारतको विभिन्न ठाउँबाट भैसी राँगा किनेर प्रहरीसँग समन्वय गरि बेलुका बोर्डर कटाउने गर्दै आएका छन् । पर्साको आस्वारी, पिडारीगुठी जानकीटोला गाउँमा ल्याएर राख्ने र राति १० बजेपछि त्यहाँबाट बाराको जीतपुर र जगरनाथपुरको पशुबजारतर्फ पठाउने गरेका छन् । सुरक्षा निकायहरूले आ–आफ्नो क्षेत्रमा निगरानी बढाएको दाबी गर्दै आए पनि पर्सा जिल्लाको सीमा नाकामा पर्ने जानकीटोला आस्वारी र पिडारीगुठी नाकाबाट तस्करी भने रोकिएको छैन ।
र्सा जिल्लाको जानकीटोला आस्वारी पिडारीगुठी नाका हुँदै दिनहुँ ३०–४० भैंसी र ५० देखि १०० गोटा राँगा अवैध तरिकाले नेपाल भित्रयाइ जीतपुर र जगरनाथपुर बजारसम्म पु¥याउने गरेको स्थानीयको भनाइ छ । सीमा नाकादेखि जीतपुर बजारसम्म प्रहरीकै निगरानी र स्कटिङ्गमा भैंसी राँगा गन्तव्यमा पु¥याइने गरेको श्रोतको दाबी रहेको छ । भैंसी र राँगा बोर्डर कटाइदिए बापत चौकी इन्चार्ज र सशस्त्र प्रहरीलाई प्रतिभैंसी १ हजार र प्रतिराँगा ४५० दिने गरेको स्रोतले जनाएको छ । आस्वारी जानकीटोला र पिडारीगुठी नाकाबाट भैंसी राँगाको लाईन पाउनेमा सगिर, बहिरा नामका व्यापारीहरु रहेका छन् ।
जानकीटोला नाकाबाट ब्रोइलर कुखुराको पनि तस्करी चलिरहेको छ । जानकीटोला नाकाबाट शेषनाथ नामको तस्कर कुखुराको लाईन चलाई रहेको विषय जिल्ला प्रहरी कार्यालय पर्सासम्म फोनमार्फत जानकारी गराइसके पनि कुखुरा तस्करी रोक्न नसकेको स्थानीयहरुले बताएका छन् । भारतीय खुकुरा अवैध रुपमा तस्करी गरि ग्रामिण बजार चौकहरुमा बिगबिगी बढ्दा नेपाली खुकुरा व्यवसायीहरु भने मारमा परेको बताउँछन ।
त्यस्तै जानकीटोला नाकाबाट किराना आईटम, कपडा, हड्वेयर, मोटर पार्ट्स, मल, लगायत बिभिन किसिमको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफूलाई तस्करीको बिषयमा जानकारी नभएको भन्दै आफूले तत्कालै त्यस क्षेत्रका इन्चार्जहरुलाई तस्करी रोक्न कडा निर्देशन दिने, आफू पनि त्यस क्षेत्रमा अनुगमन गर्न जाने र त्यस्तो भएको भेटिए चौकी इन्चार्जलाई कडा कारबाही गरिने बताउनुभयो ।