बारा
२२ जेष्ठ २०७८
विश्व वातावरण दिवसका अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवा स्थीत शान्ती बाटिकामा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ । शनिबार विहान ब्रम्हाकुमारी राजयोग उप सेवा केन्द्र पिलुवाले बाटिका परिषरमा कार्यक्रमको आयोजना गरेको हो ।
दिवस विशेष कार्यक्रममा वृक्षरोपण सहित वातारण शंरक्षणका विषयमा चर्चा समेत गरियो । डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी लगायत स्थानिय बुद्धिजीवि, शिक्षक , सामाजिक अगुवा, पत्रकार तथा छात्रछात्रा सहित एकजर्दन मानिसहरु कार्यक्रममा सहभागी थिए ।
आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी समेत रहनु भएका शिवाकोटीले स्वच्छ वातारण निर्माण र शंरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । हरियाली वनजंगल बचाउन सके दिवस मनाउनुको अर्थ सार्थकता हुने वहाँको भनाई थियो । प्राकृतिक सौन्दर्य, वनजंगल, हिमाल, पहाड र पानीका श्रोतनै स्वच्छ वातावरणका रुप हुन् , यीनको रक्षा गर्नु पर्ने वहाँको भनाई थियो । वातारणमा असर गर्ने , मानव स्वास्थ्यमा प्रभाव पार्ने गतीविधि गर्ने छुट कसैलाई नभएको शिवाकोटीले बताउनु भयो । यस्तै स्थानिय छात्राहरु स्नेहा र सुस्मीता शिवाकोटीले कार्यक्रममा विश्व वातावरण दिवसका सन्दर्भमा निवन्ध बाचन गरेका थिए ।
जतपुरसिमरा उपमहानगरपालिका १६की वडा सदस्य एवं न्यायिक समिति सदस्य तुलसा मैनाली,पूर्व शिक्षक अनिल मैनाली ,पत्रकार महासंघ प्रदेश परिषद सदस्य पुष्पराज खतिवडा, स्थानिय सामाजिक अगुवा सिताराम रिमाल,माधव प्रसाद मैनाली, गंगा प्रसाद दंगाल, श्याम सुन्दर उप्रेती धर्मराज चौधरी लगायतको कार्यक्रममा सहभागिता थियो । क्याम्पस प्रमुख शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुले बेल, गोलमोहर लगायत विभिन्न फलफुलका बोटविरुवा बाटिका परिषरमा रापेर वातावरण दिवस मनाएका हुन् ।
करिब एक दशक अघि ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्रको अगुवाई र शंरक्षणमा निर्माण थालिएको पिलुवा आदर्शनगर स्थीत रहेको (पिस पार्क) शान्ती बाटिका भित्र विभिन्न प्रजातीको बोटविरुवा, फलफुल हुर्काइएका छन् । वारैमहिना हरियो रहने निम, जामुन , लालि,अर्जुन,अशोक, धुपी, कल्की, बज्रदन्ती, मलेशियन साल, चाईनीज रोज लगायतका ४० बढि प्रजातीका सयौं बोटविरुवा बाटिकामा छन् ।
बाटिकाको भ्रमण गर्नेहरुले आर्कषक मुर्तीकला, ठुलो राष्टिय झण्डा फहराईरहेको देख्न सक्नु हुनेछ । शान्त ,मनोरम दृष्य अवलोक गर्नेहरुका लागि बस्ने आकर्षक ब्रेन्चहरु निर्माण गरिएका छन् । भने विरुवा शंरक्षणका लागि पोखरी निर्माण भैरहेको छ । विभिन्न, कार्यक्रम तथा भेला गर्न मिल्ने सेमिनार हल समेत निर्माण भैरहेको देख्न सकिन्छ ।
समाजिक दुरी, स्वस्थ्य मापदण्ड सहित आयोजित कार्यक्रम राजयोगिनी वहन पार्वतीको सभाअध्यक्ष ,शंरक्षक राजयोगी ब्रम्हकुमारण गुणराज लामिछानेको वाटिका निर्माणको अवस्था प्रकाश पार्नुभएको थियो ।


फोटोमा ः शनिबार विहान भएको वातावरण दिवस विशेष कार्यक्रममा सहभागिहरु

 

Leave a Reply