वीरगन्ज,प्रहरीले अवैध हातहतियार बेचविखन गर्न लागेको आरोपमा वीरगन्जबाट बिहीबार तीन जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर– १२ बस्ने ३५ वर्षीय अनिल साह, पकाहामैनपुर गाउँपालिकावडा नम्बर– ७ बस्ने ४० वर्षीय विजय कुमार पटेल र धरान उपमहानगरपालिका वडा नम्बर– १५ बस्ने ३२ वर्षीय रवि पौडेल पक्राउ परेका हुन् ।
वीरगन्ज वडा नम्बर– १५ ब्रह्मचोकस्थित होटलमा ३ जना व्यक्ति सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेको सूचना पाएर पुगेको प्रहरीले शरीर जाँच गर्दा अनिल साहको साथमा पेस्तोल भेटेको थियो । तीनै जनालाई हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । ‘हात हतियार किनबेच गर्ने उद्देश्यले उनीहरु होटलमा बसेका रहेछन’ उहाँले भन्नुभयो, ‘पेस्तोल सहित तीनै जनालाई पक्राउ गर्न सफल भएका छौं, थप अनुसन्धान भइरहेको छ ।’