कृष्णमोहन साह
सेढवा,पर्साको ठोरी गापा (४ आठघरेमा यहि चैत्र १२ गतेदेखि चैत्र २२ सम्म ठोरी कृषि तथा सांस्कृतिक महोत्सव २०७७ आयोजना हुने भएको छ। चौतारी कृषि सहकारी संस्था लिमिटेड ठोरी (४ को आयोजनामा सन्चालन हुन लागेको महोत्सवको द लिड ईन्टरटेन्मेन्ट एण्ड एडभरटाईजिङ बिरगंज सह प्रायोजक र इभेन्ट व्यवस्थापक प्रदेश मिडिया प्रा । लि । रहेको आयोजकले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

ठोरीको गाउँ कार्यपालिका कार्यालय घ्याङ्डाँडामा आयोजित पत्रकार सम्मेलनमा आयोजक चौतारी कृषि सहकारी संस्थाका अध्यक्ष निमा लामाले ठोरी क्षेत्रको पर्यटन प्रवर्द्दन गर्न तथा कृषि बजार प्रवर्द्द्न तथा ठोरीमा रहेका विविध सांस्कृतिक पक्षको उजागरका निमित्त महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए। बिरगंज ठोरी हुलाकी सडक खण्डसंग जोडिएको आठघरेमा आयोजना हुने महोत्सवले ठोरीको अवलोकन भ्रमण गर्नका लागि पर्यटकहरुलाई उत्साहित गर्ने अध्यक्ष लामाले बताए।

प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सन्चालन हुने महोत्सवमा कृषि सम्बन्धी स्टल , मनोरञ्जनात्मक बाल उद्यान , १ सय भन्दा धेरै व्यापारिक स्टल , खानाका विभिन्न परिकारहरु र दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ। युवायुवतीहरुका लागि सेल्फि र टिकटक जोन समेत रहने महोत्सवमा ठोरी डान्स आईडल २०७७ समेत सन्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ। स्थानीय कलाकारहरुको नृत्य प्रतिभालाई प्रष्फुटन गर्नका लागि उत्कृष्ट पुरस्कार सहितको ठोरी डान्स आइडल सन्चालन गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवमा राष्ट्रिय कलाकारहरु अन्जु पन्त , मेलिना राइ , मिस्टर डि , ज्योति मगर , मिलन नेवार , प्रमोद खरेल लगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ। यस्तै बुद्ध लामा , समीक्षा अधिकारी , प्रीति आले , विशाल काल्तान , हास्य कलाकार सुबोध गौतमले पनि महोत्सवमा प्रस्तुति दिनेछन्।

पत्रकार सम्मेलनमा वडाध्यक्ष बई बहादुर तामाङ , महोत्सव संयोजक सागर लामा , लिड ईन्टरटेन्मेन्टका अध्यक्ष लगायत विभिन्न व्यकतिहरुको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here