निजगढ,निजगढ ४ स्थित शहिद पार्कमा शहिद हिरालाल गौतमको स्मृतिमा मंगलवार स्मृति सभा कार्यक्रमको आयोजना गरिएको छ ।शहिद हिरालाल गौतमका पिता खडानन्द गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरुले पार्कमा रहेको गौतमको शालिकमा अवीर लगाएर माल्यार्पण गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवंम संविधानसभा सदस्य पुरुषोत्तम पौडेल, मधेस प्रदेश कमिटी सदस्य अम्बिका चौलागाई, निजगढ नगर प्रमुख एवंम एमाले निजगढ अध्यक्ष सुरथ पुरी, नेपाली कांग्रेशका बलराम खडका, माओवादीका संन्तोष दङ्गाल, रास्वपाका रामहरी उप्रेती, एकिकृत समाजवादीका भिमसेन सापकोटालगायतले शहिद गौतमको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा शहिद पत्नी गायत्री गौतम, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगर उपप्रमुख सोममाया थिङ्गसहित निजगढका विभिन्न राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन एमाले निजगढ नगर सचिव तिलक घलानले गर्नुभएको थियो ।

Leave a Reply