निजगढ,पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढस्थित भमरामा बुधबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् ।रौतहटबाट निजगढतर्फ आउदै गरेको बा९७प ९४४ र निजगढबाट रौतहटतर्फ जादै गरेको प्र.१–०५–००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदीप लामा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बलको मोटरसाइकलमा पछाडि बसेका २९ वर्षीय बाबुराम सुनुवार सामान्य घाइते भएका छन् । घाईते सुनुवारको निजगढ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।तीव्र गतिमा रहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै मोटरसाइकल पूर्णरुपमा क्षति इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here