नरेश गुप्ता
बरियारपुर – बाराको प्रसौनी गांउपालिका ७ बलुवा टोल नजिक खेतबारीमा हत्या गरिएको अवस्थामा पुरुषको  शव प्रहरीले बरामद  गरेको छ ।  बरामद शव प्रसौनी गांउपालिका ७ बलुवा टोलको स्थानिय राधेश्याम सहनिको १४ बर्षिय छोरा रोषन सहनिको लास बरामद भएको जिल्ला प्रहरी  कार्यालय बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले बताउनु भयो ।
सहनिको शव खेतबारी नजिकै पराल राखेको  ठाउबाट प्रहरीले बरामद गरेको हो । हिजो बेलुका घर बाट घुम्न भनी निस्केको सहनी राती अबेरसम्म  घर नफर्के पछि खोजबिन  गर्दै जांदा उनको शव  खेतबारी नजिकै बरामद भएको  मिश्रले जानकारी दिनु भयो ।
हत्या गरिएको सहनिको शव नजिक बाट ईट बरामद भएको र उनको टाउको चोट लागेको अवस्थामा शव बरामद गरिएको  थियो । शवलाई जिल्ला  अस्पताल  कलैयामा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको  र अनुसन्धान  भैइरहेको प्रहरी  प्रवक्ता  गौतम मिश्रले जानकारी  दिनु भयो ।

Leave a Reply