आर.के.चौधरी

सखुवाप्रर्सौनी,पर्साको पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस पर्साको क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्ताहरुको भेला बुधबार सम्पन्न भएको छ ।

नगरपाकिलाको वडा–१ स्थित कोईलाभारमाईको मन्दिर प्राङ्गणमा वडा सभापती महमद लुकमान अन्सारीको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रसको हुन लागेको १४ औ महाधिवेशनको बारेमा छलफल भएको थियो ।

कार्यक्रमा क्षेत्र नम्बर ३ (क) उमेदवार चन्द्रकिशोर महतो थारु, प्रदेश (क) सभापती सुलिमान मिया दर्जी, महासमिति सदस्य रामेश्वर रौनियार, महासमिति सदस्य रामजन्म चौधरी, महासमिति सदस्य प्रेमलाल चौधरी, जिल्ला समिति सचिव श्याम पटेल, जिल्ला समिति सदस्य भगवत चौधरी सहित अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै नेता चन्द्रकिशोर महतोले सबै कार्यकर्ताहरु एकजुट भएर आगामी महाधिवेशन सफल पार्नु पर्ने बताउनुभयो । त्यसैगरी महासमिति सदस्य रामजन्म चौधरीले पार्टीभित्रका केहि व्यक्तिहरुको धाकधम्की र प्रलोभनमा पारेर भ्रममा पार्न खोजेको भएपनि कार्यकर्ताहरु विचलित हुन नहुने बताउनुभयो ।

जिल्ला समिति सचिव श्याम पटेलले नेपाली कांग्रेसका कार्यकर्ताहरुले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभयो । क्षेत्रीय सभापती महमद लुकमान अन्सारीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here