निजगढ,नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु निजगढ नगर कमिटीको अध्यक्षमा कैलाश दाहाल चुनिनुभएको छ ।अनेरास्ववियुको शनिवार सम्पन्न दोश्रो अधिवेशनले दहालको अध्यक्षतामा ३३ सदस्य नगर कमिटी गठन गरेको हो । निजगढ ४ स्थित गणेशमान पार्क मोहोरीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रीमा गौतम, निर्भिक तिमिल्सिना र युवराज मैनाली सचिवमा कुशुम राउत, उपसचिव मोनिका घिमिरे, सुशिला अधिकारी र सारीका सुनार, कोषाध्यक्षमा अमित लामा चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा सुहाना श्रेष्ठ, गरिमा सापकोटा, सन्ध्या चौलागाई, मार्शल खातिवडा, निश्चल दवाडी, स्वस्तिका घलान, गणेश पण्डित, निकिता गौतम, धनकुमारी तिमल्सिना, प्रतीक्षा चौलागाई, मनकुमारी थापा, पुष्पा बजगाई, करिना खतिवडा, स्वस्तिका गौतम, प्रजिता घिमिरे, आर्चन अधिकारी, अमित खत्री, नेहा कुमर, नेहाकुमारी ठाकुर, सचिना तिमिल्सिना, छिसाल्मो डोल्मो लामा र सम्रता श्रेष्ठ चयन भएका छन् ।
भेलाले नासुद हवारीको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ । सल्लाहकार कमिटी सदस्यमा एवन न्यौपाने, सुशान्त अर्याल र रुपक अधिकारी रहेका छन ।एमाले निजगढ नगर कमिटी अध्यक्ष एवंम निजगढ नगर प्रमुख सुरथ पुरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, एमाले बारा जिल्ला कमिटीका सदस्य दुर्गा गौतम, वडा अध्यक्षहरु टेकबहादुर लामा, घनश्याम तिमिल्सिना, सुर्यबहादुर थापामगर, गोकुल तिमिल्सिना, एमाले नगर कमिटी सचिवालय सदस्य जयराम कुमर, थानेश्वर सापकोटा (अविरल), प्रेस चौतारी नेपाल बारा शाखाका अध्यक्ष थानेश्वर सापकोटा, अनेरास्ववियु बारा जिल्ला अध्यक्ष सरोज खनाललगायत नेता कार्यकर्ता तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गौरीशंकर क्याम्पसमा हालै निर्वाचित स्ववियु सभापति बालकृष्ण हुमागाईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता एमाले निजगढ नगर कमिटी सचिवालय सदस्य तथा विद्यार्थी ईन्चार्ज रोशन तिमल्सिना र कार्यक्रम संचालन नगर कमिटी सचिव तिलक घलानले गर्नुभएको थियो ।कार्यक्रममा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा निजगढ नगर पार्टी ईन्चार्ज लिलादेवी लामिछाने खनालले नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई टिका लगाएर बधाई दिनुभएको थियो ।



















