सर्बोच्च अदालतले अघिल्लो महिना नै वीरगञ्ज शहरको दायाँ बायाँ सडक चौडा गर्नका लागि बाटो खोलिदिएपछि अहिले बहस भइरहेको छ ।केहीले वीरगञ्ज सडक चौडा गर्न आवश्यक नभएको भन्ने तर्क गरिरहेका छन् भने केहीले बाटो चौडा गर्नुको विकल्प नभएको पनि बताइरहेका छन् । वास्तवमा सडक चौडाको विकल्प छदैछैन । बरु कसरी सडक चौडा गर्ने हो भन्ने कुरामा बहस हुन आवश्यक छ तर सडक चौडा नै गर्न आवश्यक छैन वा हुँदैन भनिने कुरा जायज होइन । यसले विकासलाई बाधा नै गर्नेछ ।
हिजो घर बनाउने क्रममा पनि कमी कमजोरी भए होलान् व्यवसायी वा घर धनीहरुले यो कुरामा पनि सहमति जनाउन आवश्यक छ । बरु जसलाई घर भत्किएको खण्डमा समस्या पर्छ उनीहरुका लागि के गर्न सकिन्छ भनेर नीति बनाऔं । सबैको विकल्प नहुनसक्छ । जसको विकल्प छ उसलाई त समस्या नहोला तर जसको परिवार त्यही घरमा बसिरहेको छ, उनीहरुका सवालमा भने बहस हुन पनि जरुरी छ र नीति पनि बनाउन अवश्यक छ ।
अब सडक बन्न नै दिँदैनौं बन्न पनि हुँदैन भनेर व्याख्या गरिनु उचित हुदैन । विकासको विकल्प भनेको विकास नै हो । बाटो चौडा एक मात्र विकल्प पनि हो । त्यसैले करिब एक हजार घर तथा टहराहरु भत्किने अनुमान पनि गरिएको छ । एक हजार घरका लागि बाटो संधै साँगुरो राखिनुहुन्न । बरु २५ मिटरको सट्टामा कममा छलफल पनि हुनसक्छ तर फेरि यसमा सडकको मापदण्ड नपर्ला । बहस, छलफल गरौं, विकल्पमा छलफल गरौं तर बाटो चौडा नगर्ने पक्षमा चैं नलाग्दा नै उचित होला ।

















