रौतहट,अबैध रुपमा संचालित रौतहटको चन्द्रपुर नगरपालिकाका दश वटा निजी अस्पताल बन्द हुने भएका छन ।
गैरकानुनी रुपमा वर्षौदेखि संचालनमा रहेका अस्पताल बन्द हुनेभएका हुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिवार छडके अनुगमन गर्ने क्रममा चन्द्रपुर नगरपालिकामा अवैध तथा अनधिकृत रुपमा सञ्चालनमा रहेका दशवटा अस्पताल बन्द गर्न निर्देशन दिनुभएको थियो । मुख्यमन्त्री सिंहको अनुगमन क्रममा पाँच वटा अस्पताल भने बन्द गरेर संचालक फरार भएका थिए ।

मुख्यमन्त्री सिंहले अनुगमन गर्ने क्रममा दर्ता र मापदण्ड बिना संचालित चन्द्रपुर नगरपालिका ११ वटा अस्पताल मध्ये दश वटालाई बन्द गर्न निर्देशन दिनु भएको थियो । चन्द्रपुर नगरपालिकामा संचालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमन होस्पिटल एण्ड रिसर्च सेन्टर, पब्लिक लाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रा.लि., एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रा.लि., चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दात उपचार केन्द्रलाई मापदण्ड पूरा गरी दर्ता गरेर मात्र संचालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको थियो ।

पब्लिक लाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रा.लि., एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रा.लि.का संचालक र कर्मचारी फरार भएका थिए । अनुगमनको क्रममा चन्द्रपुर हस्पिटल प्रा.लि. मात्र बैधानिक रहेको पाइएको थियो ।मुख्यमन्त्री सिंहल बन्द गर्न निर्देशन दिनुभएका अस्पतालहरु दर्ता नहुन्जेलसम्मका लागि त्यहा भर्ना भएका बिरामीलाई बैधानिक अस्पतालमा भर्ना गरेर उपचार गर्न पनि निर्देशन दिनुभएको छ । उहाँले बन्द गर्न लिखित पत्र समेत दिनुभएको छ ।

मुख्यमन्त्री सिंहले ११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल प्रा.लि.ले मात्रै मापदण्ड पूरा गरी संचालनमा रहेको पाइएको बताउनुभयो । मुख्यमन्त्री सिंहले अस्पतालले अनुमति प्राप्त गरेको बेड संख्याको आधारमा दश प्रतिशत ईमरजेन्सि बेड र दश प्रतिशत गरिब, दलित, र लक्षित वर्गको उपचारमा छुट दिनु पर्ने कानुनी व्यवस्था अनुरुप सेवा दिएको हुनुपर्ने पनि बताउनुभयो ।मधेस प्रदेशमा नीजि अस्पताल अनुगमनलाई तीव्रता दिनुभएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायतका विषयमा जानकारी माग गर्नु भएको थियो ।

Leave a Reply