२०७४ सालमा निकै लामो समयपछि एक प्रकारको चुनावी रौनक देखिएको थियो र त्यसको ठीक पाँच बर्षपछि पुनः यस्तै खालको रौनक देखा परेको छ । वास्तवमा चुनावको सवालमा जसले जति नकारात्मक टिप्पणी गरेपनि लोकतन्त्रमा चुनावको बिकल्प रहिरहनेछ भन्ने कुरा सोमबार दलहरुले देखाएको उम्मेदवारी दर्ताले स्पष्ट पारेको छ । देशभर उत्साहप्रद तरिकाले उम्मेदवारी दर्ता भएको छ ।

यो स्थानीय चुनाव हो,स्थानीय चुनावमा नागरिकहरुले स्थानीय नेतालाई नै छान्ने हुन् र कति जना त आफै उम्मेदवार पनि रहने हुँदा यो चुनावको महत्व यसैपनि हुने हनै भएको हो । सोमबार उम्मेदवारी दर्ताको सवालमा देखिएको उत्साहलाई पनि लोकतन्त्रको सुन्दर उपहारको रुपमा लिनु पर्दछ ।

चुनावको बिषयमा नकारात्मक कुरा गर्नु नै बेकार छ । हो, चुनाव जितेर गएकाहरुले राम्रो नगर्लान्, सही उम्मेदवार छान्न नसक्दा आम नागरिकहरुले बरु पछुतो मान्नु पर्ने अवस्था आउला तर चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो भन्ने कुरा यसै पनि प्रमाणित भएको छ । त्यसैले बरु उम्मेदवारी दिएकाहरुको सवालमा भने जनताले ध्यान दिन भने आवश्यक देखिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here