कोल्हबी,प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा पर्सा प्रहरीले बाराको कोल्हबी नगरपालिकाका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोल्हबी नगरपालिका–६ बस्ने २२ वर्षीय जीतबहादुर चौधरी रहेका हुन् । पर्साको धोविनी गाउँपालिका–४ बस्ने २३ वर्षीय गौरभ पटेलको ०३– ००८ प ७१३६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा वीरगन्जबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिहिबार साँझ ७ बजे वीरगञ्ज–८ पानीटंकीस्थित प्रभु अस्पताल अगाडि खाली ठाउँमा पार्किङ गरी राखिएको थियो ।
चौधरी समेत दुईजना व्यक्तिले मास्टर साँचो बनाएर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी चौकी बसपार्कबाट नियमित गस्तीमा खटिएको टोलीको दाबी छ । पक्राउ परेका उनीविरुद्ध चोरी सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिनुभयो । चोरी कसूरमा संलग्न अर्को व्यक्ति घट्नास्थलबाटै फरार रहेकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।