काठमाडौं,असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ ।गृह मन्त्रालयले आइतवार साँझ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएको बताउनुभयो । उहाँले १११ जना व्यक्तिहरु घाइते रहेको जानकारी दिनुभयो ।

उहाँले विपदबाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरु परिचालन भइ निरन्तर कार्य गरिरहेको जानकारी गराउनभयो । उहाँले हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न स्थानबाट विपदबाट घाइते भएका र अलपत्र परेका १६२ जना नागरिकहरुको नेपाली सेनाको हेलिक्प्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपतकालीन राहत सामग्री उपलब्ध गराइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२०८१ असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएका छन् भने १११ जना व्यक्तिहरु घाइते रहेको अवस्था छ । मन्त्रालय मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । विपदबाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरु परिचालन भइ निरन्तर कार्य गरिरहेका छन् ।’’

हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न स्थानबाट विपदबाट घाइते भएका र अलपत्र परेका १६२ जना नागरिकहरुको नेपाली सेनाको हेलिक्प्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ ।

घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइनेछ । सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको छ । त्रिभुवन राजमार्गको थानकोट नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ आइतवारबाट यातायात सञ्चालन गर्नेगरी पहल भएको जानकारी उहाँले दिनुभयो ।

उहाँले घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको र खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताउनुभयो ।सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।त्रिभुवन राजमार्गको थानकोट नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ आइतबार साँझबाट यातायात सञ्चालन भएको छ ।

Leave a Reply