कृपा संवाददाता
हेटौंडा, ५ मंसिर । हेटौंडा उपमहानगरपालिकाले किसानहरुका लागि आलुको वीउ वितरण गरेको छ । हेटोंडा १७ चुनडाँडाका युवा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुलाई मध्यनजर गरेर आलु खेती गर्न प्रोत्साहित गर्ने उदेस्यले आलुको विउ वितरण गरिएको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यहाँका युवा किसानलाई आज आलु वितरण गर्नुभयो ।
यसक्षेत्रका युवा किसानहरुले खेतभरी आलु रोपेकाले उनीहरुलाई थोरै भएपनि सहयोग गर्ने उदेस्यले आलुको वीउ वितरण गरिएको मेयर महतले वताउनुभयो । व्यावसयीक रुपमा तरकारी खेती गर्ने किसानहरुका लागि कुनैन कुनै रपमा स्थानीय सरकारले सहयोग गर्ने मेयर महतले वताउनुभयो । किसानका लागि आज २ लाख रुपैयाँ वरावरको आलु खरिद गरेर वितरण गरिएको हो ।