समाज धेरै अगाडि बढिसकेको छ । आज आज २१ औं शताब्दीमा छौं । कुनै समय नेपाल यस्तो पनि थियो कि एउटै शासकले सयौं विवाह गर्दा समेत उसलाई महान भनिथ्यो । महिलाहरुलाई मानिसको रुपमा दर्ज नै गराइएको थिएन तैपनि भनिने समाज चलेको थियो । तर आज समय धेरै फरक छ । आज एकभन्दा बढी विवाह गर्न पाइने छैन ।
गलत वा गलत हर्कत गर्ने लगभग जो भएपनि कानुनको कठघरामा उभिनु पर्दछ यहाँनिर लगभग किन भनियो भने केही अपराधमा संलग्न व्यक्तिहरुले राजनीतिक संरक्षणको आधारमा अझै उन्मिुक्ति पाइरहेका कारणले पनि लगभग भन्न परेको छ । नेपाली समाजमा जातले नराम्रोसंग जरो गाडेको देखिन्छ । यसरी जातको कुरा गर्ने समाज पनि थियो नेपाली समाजमा ।
तर, आज छैन भनिने अवस्था छैन । अझै पनि नेपाली समाजमा कुनै न कुनै आधारमा जातको कुरा गरेर मानिसमाथि अमानवीय व्यवहार गर्ने गरिएको छ । वास्तवमा जात भन्ने नै हुँदैन । त्यसो त मानिसमा पनि सानो र ठूलो भन्ने पनि हुदैन । यो कुरामा सबै बेलैमा स्पष्ट हुन आवश्यक छ । अब जातको कुरा गर्दै नगरम् ।

















