बरियारपुर,नेपाली कांग्रेस बाराको सक्रिय सद्स्यता बिवादमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसेर फर्किएका संविधानसभाका सदस्य रामअयोध्या यादवलाई गढीमाई नगरपालिकामा स्वागत गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा ४४ औ दिनसम्मको धर्नालाई सफल बनाएको भन्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले फुलमाला लगाएर यादवको स्वागत गर्नभएको हो । नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण क्रममा पार्टीको बारा जिल्ला सभापती र क्षेत्रीय सभापतीहरूले अनियमितता गरेको विरोधमा यादवसहित स्थापनइतर पक्षका नेता कार्यकर्ताहरुले कार्यालयमा धर्ना दिदै आएका थिए । धर्नालाई सफल बनाउन मुख्य भुमिका खेलेको भन्दै यादवको स्वागत गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।

स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र यादवले पार्टी सुदृढीकरण, सत्य र न्याय पक्षमा तथा राष्ट्रिय, लोकतन्त्र र समाजवादको संरक्षणको लागि धर्ना गरिएकोले पार्टीले आफुहरुको माग पुरा गरेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेशका कार्यकर्ता भागवत साह, किशोरी यादव, महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देवी कानु, शिक्षक संघ बाराका अध्यक्ष प्रमहंस यादव, युवा नेता भैयाराम यादव, सुदाम साह कानु, गढीमाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपप्रकाश गुप्ता, मनोज गुप्ता, जटाशंकर यादव, बैधनाथ यादवलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here