सिमरा,बारा प्रहरीले सात किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ का ३१ बर्षीय बिक्रम लामा र मनहरी गाउँपालिका वडा नम्बर २ का ३८ बर्षीय जिवन स्याङवो रहेका छन् ।प्रहरी नायब निरीक्षक टंक न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित ट्रफिक चेक पोष्टमा चेकिङ गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ आउदै गरेको बा प्र ०३–००५ प ७२६६ नम्बरको को स्कुटी रोकेर जाँच गर्दा स्कुटी भित्र लुकाईएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।पक्राउ परेका दुवैजनालाई स्कुटीसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।