बर्दिबास,नेकपा एमाले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान–२०७९ ) अन्तर्गत मधेस प्रधेसको समीक्षात्मक बैठक बर्दिबासमा बिहीवारबाट सुरु भएको छ ।२ दिनसम्म चल्ने बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, सचिव तथा मधेस प्रधेस सहइन्चार्ज रघुवीर महासेठको उपस्थिति रहेको छ ।बैठकमा उपमहासचिव ज्ञावालीले रिपोर्ट प्रस्तुतिका बिषय र प्रकृयाका बारेमा बिषय प्रबेश गराउनु भएको थियो । बैठकमा प्रदेशका ८ वटै जिल्ला अध्यक्षहरुले जिल्लामा मिसन ग्रासरुट अन्तर्गत भएका कामको रिपोर्टिङ, त्यसमा केन्द्रीय प्रतिनिधिहरुले थप कामको समिक्षात्मक रिपोर्ट राख्ने कार्यक्रम छ । केन्दृय प्रतिनिधि र जिल्ला अध्यक्षले रिपोर्टिङ गरिसकेपछि बरिष्ठ उपाध्यक्ष सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम एमाले मधेस प्रधेस कमिटिका सम्योजक रामअबतार यादवको सभापतित्वमा सन्चालन भइरहेको छ ।



















