जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ड्रिम्स ताज मेघा मार्ट सञ्चालनमा आएको छ । मार्टमा घराँयसी प्रयोगमा आउने सम्पुर्ण समानहरू सुपथ मूल्यमा उपलब्ध गराइने बताइएको छ ।
करिब एक करोड भन्दा बढीको लगानी सञ्चालन गरिएको मेघा मार्टमा खाद्यान्न, कस्मेटीक, बालबालिकाको लागि खेलौना, किराना सामग्रीलगायतका सामानहरु पाइने मार्टका सञ्चालक बिनोद गुप्ताले बताउनुभयो । उहाँले यसअघि जीतपुरमा होटेल ड्रिम्स ताज सञ्चालनमा ल्याउनु भएको थियो । होटेल ड्रिम्स ताजसँग उहाँले अब ड्रिम्सताज मेघा मार्ट पनि सञ्चालनमा ल्याउनु भएको हो ।
पथलैयादेखि नितनपुरसम्म होम् डेलिभरीको व्यवस्था रहेको उक्त मार्टमा टेलिफोन, फेसबुक, वाट्सपलगायतका समाजिक सञ्जालबाट र अनलाइन सेवाबाट पनि सामान खरिद गर्न सकिने उहाँले बताउनुभयो । त्यसैगरी फोन पे, ई–सेवा, मोबाई बैंङ्किङ, ड्रेविट र क्रेडिट कार्ड लगायतबाट पनि सेवा लिन सकिने संचालक गुप्ताले बताउनुभयो । साथै मार्टमा क्यास अन डेलिभरीको पनि सुविधा छ ।
मार्ट सञ्चालनसँगै स्थानीय उपभोक्ताहरूले थप सुविधा प्राप्त गर्ने जीतपुरका युवा नेता मनोज कुमार साहले बताउनुभयो । एउटै छानामुनि दैनिक उपभोग्यका सबै सामग्री सहजै उपलब्ध हुँने भएकोले स्थानीय उत्साहित भएको पनि उहाँले बताउनुभयो ।
ड्रिम्स ताज मेघा मार्ट उद्घाटन कार्यक्रममा जीतपुरका समाजसेवी एवंम् नेता घनश्याम गिरी, युवा नेता साह, राजुराज गिरीलगायत सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो ।