दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मधस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहसँग भेटर महागढीमाई नगरपालिका वडा नम्बर १० स्थित गंजभवानीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न माग गर्नुभएको छ ।नगरप्रमुख यादवले गन्जभवानीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पताल बनाउने माग गर्नुभएको हो ।सो भेटघाट कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख सल्लाहकार एवंम नेपाली कांग्रेस बाराका सचिव भैयाराम प्रसाद यादव, नेपाली कांग्रेस जिल्ला सदस्य बिरेन्द्र यादवलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here