मनोज शाह
जीतपुर,प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बारा जिल्ला क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) घरदैलो जनसम्पर्क अभियानमा सक्रिय देखिनुभएको छ ।क्षेत्रको उत्तरतर्फ पर्ने चुरेमाई मन्दिरदेखि दक्षिणी भेगको घोडासहन, पर्सौनी, विश्रामपुर गाउँपालिका तथा जीतपुर–सिमरा उपमहानगरपालिका विभिन्न वडाहरुमा पुगेर उहाँले जनतासँग प्रत्यक्ष भेटघाट गरिरहनुभएको छ ।

स्थानीय पर्सौनीका सुरेश चौधरीले किसान श्रेष्ठप्रति विश्वास व्यक्त गर्दै भन्नुभयो, “हामी किसान हौँ । नहरमा पानी सुकेको बेला पनि उहाँले आफ्नै लगानीमा सिँचाइको व्यवस्था गर्नुभएको छ, हाम्रो लागि उहाँ भगवानजस्तै हुनुहुन्छ ।”पूर्वमन्त्री किसान श्रेष्ठले गाउँ–गाउँ, टोल–टोलमा विकासको लहर चलाएको स्थानीयहरूको भनाई छ । किसानका लागि सिँचाइ व्यवस्था, विद्यालयमा बजेट सुनिश्चित, आर्यघाट निर्माण तथा व्यवस्थापन जस्ता कामहरू उहाँको कार्यकालमा अघि बढेको बताइन्छ ।

स्थानीय विश्रामपुरका राम महतोका अनुसार मधेसी, मुस्लिम, दलितलगायत सबै समुदायको हक–अधिकार र सम्मानलाई समान रूपमा अगाडि बढाउने नेता किसान श्रेष्ठ नै हुनुहुन्छ ।
यही कारण बारा– ४ मा यसपटक पनि एमालेको जित प्रबल सम्भावना रहेको स्थानीयवासीहरूको विश्वास छ ।

Leave a Reply