बिदुर खडका
डुमरवाना,सिमरामा रहेको संगालो बचत तथा ऋण सहकरी संस्थाको दशौं बार्षिक साधारणसभा शनिबार सिमरामा सम्पन्न भएको छ ।
थानिमाई सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा भएको साधारण सभालाई प्रदेससभा सदस्य एंव नेकपा एमाले बारा जिल्ला सचिव सुन्दरबहादुर बिश्वकर्माले शंम्बोधन गर्दै कोरोना संक्रमणका कारण जारी बन्दाबन्दीको अवधिमा पनि सहकारी संस्थाले ५४ लाख नाफा गरेकोमा संस्थालाई धन्यबाद दिनुभको थियो ।
बिश्वकर्माले सहकारी संस्थाले आफनै जमिनमा निर्माण गर्न लागेको सहकारी भवनको लागि आफनो संसद विकास कोषबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।
यस्तै बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुरले प्रदेस सरकारले समयमा सहकारी संम्बन्धि कानुन बनाउन नसकेकोले काम गर्न असहज भएको बताउनुभएको थियो । सहकारीका सदस्यहरुले बित्तिय कारोबार सहकारीमार्फत गरेमा दिगो हुने सुझाब पनि उहाँले दिनुभयो ।
सो अवसरमा सहकारी संस्थाले विभिन्न विधामा उत्कृष्ट हुने ईन्दीरा थापा, साबित्री क्षेत्री, अरुण चौधरी, राजकुमार श्रेष्ठ, सानुमाया श्रेष्ठलाई सम्मान समेत गरेको थियो ।
साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन निराजन थापाले प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिको प्रतिवेदन राजकुमार सोडारीले गर्नुभएको हो । रतन उप्रेतीले संञ्चालन गरेको कार्यक्रमको अध्यक्षता शालिकराम अधिकारीले गर्नुभएको थियो ।