सिमरा,बाराको सिमरामा मोटरसाइकल दुर्घटना भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २ स्थित सुर्य नेपाल अगाडि सडकमा मोटरसाइकल दुर्घटना भएको हो ।
सिमराबाट जीतपुरतर्फ जादै गरेको प्रदेश २.०३.०१६प ४२५ नम्बरको मोटरसाईकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार सुमन ढकाल घाईते हुनु भएको छ । उहाँको टाउको र हातमा चोट लागेको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक सुशान्त ढकाल भने सकुशल रहेको र मोटरसाईकलमा भने क्षति पुगेको छ । सडक पार गर्न लागेको कुकुरलाई जोगाउने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।