नरेश गुप्ता

बरियारपुर,नेपाल परिवार दल बाराले रक्षाबन्धनको उपलक्ष्यमा पिप्रढीमा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

देवताल गाउँपालिका पिप्राढीका स्थानीय २५ विपन्न घर परिवारलाई १५ किलो चामल, नुन १ पाकेट, तेल १ पाकेट, दाल १ किलोको दरले राहत सामग्री वितरण गरिएको नेपाल परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरीले जानकारी दिनुभयो ।

स्थानीय समाजसेवी अच्छेलाल रामको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा दलका जिल्ला सचिव गान्धी सहनी, रुना देबी, समाजसेवी रामबाबु साहलगायतको सहभागिता रहेको थियो ।

दलका तर्फबाट स्थानीय गरिब, असहाय परिवारलाई समयसमयमा राहत वितरण गर्दै आएको अध्यक्ष चौधरीले बताउनुभयो ।

Leave a Reply