कृपा संवाददाता
बीरगंज , १५ मंसिर । अबैध रुपमा नेपालबाट भारत तर्फ लाखौ मूल्य बराबरको मरिच तथा छोगडा प्रहरी बरामद गरेको छ । शनिबार प्रहरीले विशेष सुराकीको आधारमा अवैध मरिच तथा छोगडा सहित ट्याक्टर नियन्त्रणमा लिएको बारे जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।

 

 

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले बिशेष सुचनाको अधारमा छिपहरमाई गाउंपालिका वडा नम्बर ५ भिष्वा बजारबाट १७ लाख ६० हजार छ सय ५० रुपैया बराबरको छोगडा र मरिच लगायत अन्य सामानहरु बरामद गरेको बताए ।

 

 

त्यसैगरी ना ४ त ५३२२ नम्बरको ट्याक्टरमा अबैध सामान लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थाबाट नियन्त्रणमा लिई जिल्ला भंसार कार्यालय पर्सामा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here