निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित बाग्देव दुग्घ उत्पादक सहकारी सस्ंथामा आवद्ध ९ जना व्यवसायिक गाईपालक कृषकहरुलाई एक कार्यक्रमबीच सोमबार दुध दुहुने मेसिन वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले किसानलाई दुध दुहुने मेसिन हस्तान्तरण गर्नुभएको हो । मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री साहले किसानहरुले पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानु पर्ने बताउनुभयो । ‘परम्परागत रुपमा मात्र पशुपालन गरेर लाभ लिन सकिदैन, मन्त्री साहले भन्नुभयो, अब आम्दानी वृद्धि गर्न व्यवसायमा आधुनिक प्रविधिको पनि प्रयोग गर्नुपर्ने हुन्छ ।’ उहाँले व्यवसायिक पशुपालन गर्ने किसानलाई सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।

बागदेव दुग्घ उत्पादक सहकारी सस्ंथाका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालान सस्ंथाका सचिव प्रकाश सापकोटाले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री साह र अन्य अतिथिलाई सहकारीका अध्यक्ष सापकोटाले मायाको चिनो पनि प्रदान गर्नुभएको थियो । कार्यक्रममा जिल्ला भेटेनरी कार्यालय बाराका प्रमुख डा. शंकर साह, सहकारी संस्थामा आवद्ध किसान, कर्मचारी, स्थानीय कृषक र सन्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here