निजगढ,नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) बाराको तेस्रो जिल्ला सम्मेलन बुधवार निजगढमा सम्पन्न भएको छ ।
जिल्ला सेक्रेटरी बिक्रम शाहीको अध्यक्षतामा भएको अधिवेशनको बन्द सत्रले बिबी लामाको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्ला कार्यसमितिमा प्रत्यक पालिकाबाट १÷१ जना र जनवर्गिय संघठनहरुबाट थप ५ जना गरी २१ चयन गरिएको हो ।
अधिवेशनमा जिल्लाका विभिन्न पालिकाबाट १६५ जना प्रतिनिधिहरुको सहभागिता रहेको पूर्वजिल्ला सेक्रेटरी बिक्रम शाहीले जानकारी दिनुभयो ।
यसअघि अधिवेशनको उद्धाटन पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सन्देश पौडेलले दीप प्रज्वलन गरेर गर्नुभएको थियो । निजगढ उद्योग बाणिज्य संघको सभा हलमा भएको अधिवेशनको उद्धाटन समारोहमा केन्द्रीय सदस्य एंव रौतहट र सर्लाही जिल्ला इन्चार्ज मिसन, सर्लाही जिल्ला सेक्रेटरी जनक राउत, पर्सा जिल्ला सेक्रेटरी बिनोद काफ्ले, युवा संगठन नेपाल मधेश प्रदेश ईन्चार्ज गोबिन्द चन्द लगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा सीता देबी पटेल, बिगा चौरासिया, चन्डाल सिंह रहनुभएको छ । त्यसैगरी लामो समयसम्म जेल जीवन बिताउनुभएका बिबि लामा, दिलमहमद अन्सारी लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
अधिवेशनले पूर्व जिल्ला सेक्रेटरी विक्रमलाई जिल्ला ईन्चार्जमा बढुवा गर्ने निर्णय पनि गरेको जनाइएको छ ।
















