सिमरा,केराको बीमा रकम नपाएर पीडित बनेका निजगढका किसानले बुधवार हिमायलय इन्स्योरेन्स कम्पनी सिमरा शाखाको कार्यालयमा तालाबन्दी गरेका छन ।
केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा गएको किसानहरुको टोलीले कार्यालयका कर्मचारीहरुलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन । तालाबन्दी कार्यक्रममा बोल्दै संघका अध्यक्ष श्रेष्ठले आफूहरुले पटकपटक पटक माग गर्दा पनि हावा हुरीले क्षेति पुगेको केराको क्षेतिको बीमाबापतको रकम नपाएपछि कार्यालयमा तालाबन्दी गर्नुपरेको बताउनुभयो ।
गत बैशाखमा आएको हुरीले केराको बोट ढालेर क्षेति गरेपछि बीमा बापतको रकम माग गर्दै निजगढका किसानले निजगढमा विरोध प्रदर्शन गरेका थिए । कार्यक्रमपछि भएको कोण सभामा निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख एंवम केरा किसान लिलादेबी लामिछाने, निजगढ ९ का किसान गोबिन्द खरेल, साधुराम खरेललगायतले कम्पनीले तत्काल केरा किसानलाई रकम उपलब्ध नगराएर थप आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
यसअघि आइतवार पनि किसानहरुले जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालालाई ज्ञापनपत्र बुझाएर माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका किसानले बुधवार इन्सुरेन्स कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन ।
काठमाण्डौंस्थित हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत केरा खेतीको बिमा गरेका निजगढका किसानहरुले कम्पनीसंग बीमा बापतको करिव ६ करोड रकम भुक्तानी लिन बाँकी छ । गत बैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि सबै प्रकृया पुरा गरेर किसानले कम्पनीसंग बीमा रकम दाबी गरेका थिए । संझौताअनुसार बीमा कम्पनीले प्रतिकठ्ठा केरा क्षति भएका किसानलाई प्रतिकठ्ठा १४ हजारदेखि १७ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने हुन्छ

















