सिमरा,नेपाल अपाङ्ग सेवा समितिको प्राङ्गणमा लायन्स क्लब सिमरा युथद्वारा ३६ जना अपाङ्ग बालबालिकालाई खाजा वितरण गरिएको छ।क्लबका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुगर एन्ड स्पाइस क्याफेको सौजन्यमा ३५ जनाका लागि खाद्य सामग्री प्रदान गरिएको हो ।सो अवसरमा कपिल खरेल, योगेन्द्र थापा, भुवन थापा, अपाङ्ग सेवा समितिका अध्यक्ष गंगा वाग्ले, सुगर एन्ड स्पाइस क्याफेका व्यवस्थापक श्यामकुमार ठकुरी लगायत समाजसेवी, पत्रकार तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।



















