सिमरा,बाराको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशन उद्घाटन गरिएको छ ।उद्योग विणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ट्याङकरमा रिवन काटेर र शिलालेख अनावरण गरेर रिफ्यूलिङ्ग स्टेशनको सेवा आरम्भ गर्नुभएको हो ।सिमरा विमानस्थलको उद्धार तथा अग्नि निवारण भवनको प्राङ्गणमा आइतबार आयोजित विशेष समारोहका लागि काठमाडौंबाट बुद्ध एयरबाट ओर्लिए लगत्तै मन्त्री रिजालले धावनमार्ग छेउमै राखिएको ट्याङकरमा बाधिएको रिवन काटनुभएको थियो । त्यसपछि कार्यक्रम मञ्चमा जानुभएका मन्त्री रिजालले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभयो र अग्नि निवारण भवन छेउमा राखिएको शिलालेख अनवरण गर्नुभएको हो ।नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य भने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक ई. विरेन्द्र गोइतले र सञ्चालन सहायक प्रवन्धक चित्रबहादुर लम्तरी मगरले गर्नुभएको थियो ।कार्यक्रममा मन्त्री रिजाल, नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. उमेशप्रसाद थानी, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, नेपाल नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुर, निर्देशक बिनी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।नेपाल आयल निगमको आयोजना हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशनको उद्धाटन कार्यक्रम भएको हो ।


















