निजगढ,२५ औं स्थापना दिवसको अवसरमा नेपाल महिला विकास संस्था निजगढले चेपाङ्ग विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

संस्थाको संस्थापक अध्यक्ष स्व. नेत्रकुमारी पौडेलको स्मृतिमा निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरस्थित शिवशक्तिश्वर आधारभुत विद्यालयमा अध्ययनरत ३७ जना चेपाङ्ग बालबालिकालाई स्टेशनरी सामाग्री सहयोग गरिएको हो । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित प्रणामी मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष इन्दिरा बरालले विद्यालयका प्रधानाध्यापक प्रकाश लामिछानेलाई १९ हजार मुल्य बराबरको कापी, कलम, सिसाकल र इलेजर हस्तान्तण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बरालले २५ वर्षअघि स्थापना भएको संस्था आजसम्म आइपुग्दाका बटुलेको अनुभव सुनाउनुभएको थियो । महिला सशक्तीकरणदेखि सामाजिक विकासमा संस्थाले काम गर्दै आएको र संस्थाले केही रकम जोगाएर चेपाङ्ग बालबालिकालाई ४० थान कपी, एक दर्जन कलम, सिसाकलम र कटर एक÷एक सय थान सहयोग गरेको बताउनुभयो । अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको संस्थाकी सचिव अन्जु नेपालीले सञ्चालन गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारीको आतिथ्यता रहेको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष रमिला बडाल, सहसचिव सरिता राई, सदस्य कल्पना पोख्रेल, चम्पा परियार, सिता रिसाल, चन्द्राकुमारी चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here