रौतहट,रौतहटको देवाहीगोनाही नगरपालिकामा बालपोषण भत्ता र वृद्ध भत्ता वितरणमा विभेद गरिएको भन्दै स्थानीयले कार्यालयमा धर्ना दिएका छन । नगरपालिकाको वडा नम्बर ८ र ९ का नागरिकहरुले आफ्नो वडामा पनि भत्ता वितरण गर्नु पर्ने माग गर्दै सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन ।
देवाहीगोनाही नगरपालिकाले वडा नम्बर १ देखि ७ नम्बरसम्मका नागरिकहरुको बालपोषण र वृद्ध भत्ता गत साउन १ गतेबाट ७ गतेभित्र वितरण गरि सक्ने गरि वितरण शुरु गरेको छ । तर सोही नगरपालिकाको वडा नम्बर ८ र ९ का नागरिकहरुले आफ्नो वडामा पनि भत्ता वितरण गर्नु पर्ने माग गर्दै नगरपालिका कार्यालयमा धर्ना दिएका हुन । स्थानीय र जनप्रतिनिधिबीच छलफलमा बाँकी वडामा पनि तत्काल भत्ता वितरण गर्ने सहमति भएपछि स्थिति सामान्य बनेको थियो ।