बसन्त लामा

सिगौंल,निजगढ नगरपालिकाको वडा नम्बर ३ स्थित बगरे खोलामा च्यानलाइज ड्याम निर्माण कार्य सुरु भएको छ ।

साविक भरतगंजसिगौंल गाविसको वडा नम्बर ८ मा पर्ने बगरे खोलाबाट हुदै आएको नदी कटान र भूक्षय नियन्त्रणको लागि खोला च्यानालाइज र ड्याम निर्माण कार्य सुरु गरिएको हो ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०७८÷७९ मा उपलब्ध गराएको २८ लाख रकमबाट उपभोक्ता समितिमार्फत नदी नियन्त्रणको काम भइरहेकोे हो । वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनाको पहलमा प्रदेश सरकारले नदी च्यानलाइज र ड्याम निर्माणको लागि बजेट उपलब्ध गराएको हो ।

निजगढ नगरपालिकाको वडा नम्बर ३ मा यसअघि जनप्रतिनिधिहरुले प्रदेश सरकारको बजेट ल्याएर काम गर्न नसकेको अवस्थामा यो वर्ष पहिलो पटक बजेट आएको स्थानीयले बताएका छन । प्रदेश सरकारबाट प्राप्त हुने बजेट निकासाको लागि प्रकृया केही झन्झटिलो भए पनि काम गर्ने हो भने अन्यत्रबाट बजेट ल्याएर पनि गाउँको विकासमा काम गर्न सकिने वडा अध्यक्ष तिमल्सिनाले बताउनुभएको छ ।

बगर खोला नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष खडकबहादुर तिमल्सिनाको अध्यक्षतामा गठन भएको समितिले नदी च्यानलाइजको काम गरिरहेको हो ।

Leave a Reply