कलैया,मधेश प्रदेशसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य महमद समीरले शनीवार नेपाल पत्रकार महासंघ बारा शाखा भवनको निरीक्षण गर्नुभएको छ । भवनको निरीक्षण गर्दै सांसद समीरले आगामी वर्ष पत्रकार महासंघको भवन स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।‘पत्रकार महासंघको भवन सुविधासम्पन्न हुन जरुरी छ’ भवन निरीक्षणका क्रममा सांसद समीरले भन्नुभयो, ‘आगामी वर्षको संसदीय बजेटमा भवन स्तरोन्नतिको योजनालाई समावेश गर्नेछु ।’महासंघको भवन सांसदको समीरको निर्वाचन क्षेत्रभित्र समेत पर्छ । सांसद समीर बारा निर्वाचन क्षेत्र ३ (२) बाट मधेश प्रदेशसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो ।भवन निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बाराका अध्यक्ष रमेश सुवेदी, सदस्य धिरेन्द्र तिवारीलगायतको उपस्थित रहेको थियो ।

Leave a Reply