सिमरा,नेकपा एकीकृत समाजवादीले मंगलबार सिमरामा श्रम तथा रोजगार मन्त्री कृष्ण श्रेष्ठ किसानको स्वागत गरेको छ ।
नेकपा एकीकृत समाजवादी जीतपुरसिमरा उपमहानगरपालिका कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठलाई स्वागत गरिएको हो ।
विजयादशमी, दीपावली, छठ तथा नेपाल सम्वत २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एसका पोलिटव्युरो सदस्य एवं बारा इन्चार्ज दिनेश राई, पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, पार्टीका केन्द्रीय सदस्यहरु श्रीप्रसाद पासवान, विभा कार्की, छविलाल उप्रेती, हिराचन्द्र केसी, दीपक पौडेल, पार्टीको केन्द्रीय निर्वाचन आयोग सदस्य एवं प्रदेश सभा सदस्य सीता गुरुङ, केन्द्रीय निर्वाचन आयोग सदस्यहरु सुरेन्द्र यादव, बतहु यादव, केन्द्रीय सल्लाहकार छठुप्रसाद यादव, विक्रम राम, राजेन्द्र जैसवाल, सकल राम, तेजप्रसाद चौधरी, अनेरास्ववियु केन्द्रीय सदस्य इमरान आलम, नेकपा एसका बारा जिल्ला उपाध्यक्ष विजेन्द्र चौधरी, उसमान अन्सारी, नेकपा माओवादीका जिल्ला सदस्य एवं वडा नं ४ का वडा अध्यक्ष भोजबहादुर खत्री, सरीता सुब्बा, कमला अधिकारी, चिनीमाया परियार लगायत सयौँ महिला तथा पुरुषको उपस्थिति रहेको थियो ।