बारा र पर्सामा एघारौं पटक निषेधाज्ञा थप गरिएको छ । थपिएर निषेधाज्ञा असार २८ गतेसम्मका लागि लम्बाइएको छ । यद्यपि यो निषेधाज्ञा चाही अब लगभग नाउँ मात्रैको भन्दा हुन्छ किनभने यस पटकको निषेधाज्ञाको समयमा धेरै कुरा खुकुलो गरिएको छ । सार्वजनिक यातयातसमेत खुला गरिएको अवस्था छ । त्यसैले पनि निषेधाज्ञा नाउँ मात्रको भन्दा फरक पर्दैन ।

त्यसो त कोरोना संक्रमणको लागि अन्तिम विकल्प निषेधाज्ञा मात्रै पनि होइन । संधै कोरोनाको नाउँमा निषेधाज्ञा थपी रहदा यसले आर्थिक लगायत अन्य क्षेत्रलाई अस्तव्यस्त पनि बनाउछ । त्यसैले पनि अब निषेधाज्ञाको पालना भन्दा पनि नागरिकहरु आफै सचेत हुन पर्ने आवश्कता देखिएको छ । नागरिकहरुले आफ्नो व्यवसाय संचालन गर्दा ध्यान दिन आवश्यक छ ।

कोरोना लहर सबै हटिसकेको छैन । विज्ञहरुले अझै तेश्रो लहर आउने चेतावनी दिइरहेका छन् । त्यसैले पनि विज्ञहरुको कुरामा ध्यान दिन आवश्यक छ । जब खुला हुन्छ तब कोरोना यसैपनि बढ्छ त्यसैले पनि कोरोनाबाट जोगिनका लागि निषेधाज्ञासंगै नागरिकहरुले सावधानी र सर्तकता अपनाउन आवश्यक छ र कोरोनाबाट बच्नका लागि सबैले आफ्नो ठाउँबाट ध्यान दिन आवश्यक छ ।

 

 

 

Leave a Reply