अमेरिकी सहयोग वास्तवमा नेपालको सवालमा आवश्यक होला । बिदेशी सहयोग बिना नेपाल जस्तो देश चल्ने कुरा पनि भएन तर सहयोग भनेको इच्छाले गर्ने कुरा हो । अमेरिकाले सर्तमा सहयोगको कुरा गर्छ भने त्यसमा पक्कै शंका गर्न पर्दछ । त्यसो त कसैले पनि सर्तमा सहयोगको कुरा गर्छ भने त्यो आफैमा शंकाको कुरा हो ।

त्यसैले पनि अमेरिकाको व्यवहारमा शंका छ । नेपालका नेताहरु राष्ट्रवादी छैनन् । यसो भन्दा उनीहरुमाथि अन्याय होला तर सत्य कुरा यही हो । अमेरिकासंग नेताहरुको स्वार्थ भएकाले उनीहरु यो परियोजना पास गर्न चाहन्छन् तर नेपालका लागि यो दुर्भाग्य हुनेछ । भावी पुस्ताका लागि यसले राम्रो गर्ने छैन ।

अमेरिका भारत र चीनलाई नेपाललाई आड बनाएर ठेगान लगाउन चाहन्छ । नेपाल उसका लागि मैदान हो । त्यसैले पनि भारत र चीन हाम्रा नजिकका छिमेकी हुन् । उनीको हित पहिला हामीले सोच्नु पर्दछ । त्यसैले पनि एससिसी देशको पक्षमा छैन यो सत्य कुरा हो ।

Leave a Reply