निजगढ, १८ साउन– लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पिसको संयुक्त आयोजना र लायन्स क्लव अफ निजगढ सिटिको सहकार्यमा निजगढमा सुरु भएको वृहद वृक्षारोपण अभियान सम्पन्न भएको छ ।

निजगगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले उदघाटन गरेपछि साउन १० बाट थालनी भएको सप्ताहाव्यापी अभियान शनिबार निजगढ नगरपालिकाको वडा नम्बर १३ डम्बरपुरमा पुगेर समापन गरिएको हो । अभियान अन्तरगत क्लबका पदाधिकारी र सदस्यहरुले नगरका सबै वडामा पुगेर स्थानीयलाई विभिन्न प्रकारका फलफुल, तरकारी र जडिबुटीका विरुवा वितरण गरेका थिए ।

यस क्रममा स्थानीयलाई करिव २५ हजार विरुवा वितरण गरिएको लायन्स क्लब अफ निजगढका अध्यक्ष रामचन्द्र जैसवालले जानकारी दिनुभयो । निजगढ नगरलाई ग्रिनसिटी बनाउने उद्देश्यअनुरुप स्थानीयको घरघरमा पुगेर विरुवा वितरण गरिएको अध्यक्ष जैसवालले बताउनुभयो । उहाँकाअनुसार क्लबले निशुल्क वितरण गरेको विरुवा स्वास्थ्य र आम्दानीको दृष्टिलेसमेत उपयोगी रहेकाले स्थानीयले आफनो घरआँगन, करेसाबारी र खाली जमिनमा रोपेर हुर्काउने छन ।

 

समापन कार्यक्रममा बारा क्षेत्र नम्बर १ बाट संघीय संसदका सदस्य उमाकान्त चौधरी, निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालकोसमेत उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष जैसवालको.सभापतित्वमा भएको समापन कार्यक्रममा लायन्स क्लब अफ निजगढ पिसका अध्यक्ष पवन श्रेष्ठ लायन्स क्लव अफ निजगढका पुर्वअध्यक्ष प्रभात सिग्देलले वृक्षारोपण कार्यक्रमको महत्व बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा क्लबका पुर्व जोन चियर पर्सन दिपेन्द्र श्रेष्ठ, पिसका पुर्वअध्यक्ष विकास लामा, पद्मप्रसाद तिमल्सिना, पुर्वउपाध्यक्ष रन्जन लामिछानेलगायत अन्य पदाधिकारी र सदस्यहरुकोसमेत सहभागी हुनुभएको थियो ।

Leave a Reply