भविष्यमा योग्य नागरिक बनुन र आफ्नो र देशको लागि पनि केही गरुन भन्ने सपना साँचेर नेपाली अभिभावकहरुले आफ्ना बालबच्चाहरुलाई अध्ययनको लागि बिदेशी भूमिमा पठाउने गरेका छन ।नेपालका लागि भारत धेरै टाढाको देश नभएपनि एक प्रकारको मुग्लान नै हो । नेपालका कयौं विद्यार्थीहरु भारतका विभिन्न कलेजमा पढिरहेका छन् । नेपालीहरुले पैसा तिरेर नै भएपनि भारतमा पढिरहेका छन् । तर, छिमेकी देश भारतमा नेपाली विद्यार्थीहरु असुरक्षित रहेको कुरा पछिल्लो एउटा घटनाले स्पष्ट पारेको छ । हो, सवाल एक जना युवा र युवतीको नै हो ।
तर, त्यहाँको कलेजका संचालकहरुले देखाएको व्यवहारले भारतीय पक्ष नेपालीहरुका लागि अत्यन्तै अनुदार भएको कुरा स्पष्ट हुन्छ । एउटा घटना भयो, तर त्यो घटना लुकाउनेतर्फभन्दा पनि अपराधीलाई कारबाही गर्नका लागि दबाब दिनुको सट्टा अपराधीलाई उन्म्ुक्ति दिन खोज्ने त्यो कलेज प्रशासनको रबैया आपत्तिजनक मात्र होइन यस विषयमा नेपालीहरुले एक पटक गम्भीर भएर सोच्नु पर्ने अवस्था पनि सृजना गरिदिएको छ । यो घटनाबाट भारतको कलेजमा नेपाली विद्यार्थीहरुले हेपिएर पढ्नुपरेको पनि स्पष्ट भएको छ ।
अलोचना भएपछि अहिले भारतीय पक्षले माफी मागेको त छ तर उनीहरुले माफी माग्दैमा अब प्रकृति लम्सालको शरीर फिर्ता हुन्छ र ? कति नेपाली विद्यार्थीहरु घरमा पनि फर्किएका छन् । अपराधलाई प्रोत्साहन गर्न हुँदैहुदैन । भारतीय पक्षले देखाएको व्यवहारले अपराधलाई प्रेत्साहन गरेको देखिन्छ । यस्तो हुनुहुदैन । नेपाल सरकार यो विषयमा गम्भीर बन्न जरुरी छ ।
















