पुष्पराज खतिवडा
बारा
२५ बैशाष २०७८
जीतपुरसिमरा उपमहानगरपालिका १६ को पिलुवा स्थीत स्वास्थ्य संस्था परिषरमा शनिबार (प्रसुती केन्द्र) बर्थिङ्ग सेन्टर भवनको शिलान्यस भएको छ । प्रदेश २ सरकारको करिब २० लाख रुपैंयाको लागतमा निर्माण गर्न लागिएको सेन्टर भवनको पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले शिलान्यास गर्नु भएको हो ।
प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको कार्यक्रम तथा बजेटमा पिलुवा बर्थिङ्ग सेन्टर स्थापना हुन लागेको हो । यहाँ स्थापना हुने प्रसुती केन्द्रले पिलुवा,टाँगियाबस्ती, महेन्द्रनगर, डकाह, बडहर्वाका हजारौं महिलाहरुका लागि प्रसुती सेवामा सहजता हुने पूर्व मन्त्री साहले बताउनु भयो । भवन स्थापना भए पश्चात प्रसुती विशेषज्ञ सहितको टिमले नियमित सेवा प्रदान गर्ने जनाईएको छ ।
अपाङ्गमैत्री पाँचकोठे पक्की भवन आगामी असार १५ गते भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको भवन निर्माण समितिका अध्यक्ष सुरेश रिमालले जानकारी दिनुभयो । पूर्वमन्त्री साहको विषेश पहलमा पिलुवामा प्रसुती केन्द्र स्थापना गर्न लागिएको वहाँको भनाई थियो ।
शिलान्यास कार्यक्रममा वडा नं.१६ का अध्यक्ष केदार बजगाँई, स्थानिय सामाजिक अगुवा हरिदेव खरेल, गोपिकृष्ण खतिवडा, भवन निर्माण समितिका सचिब विष्णु प्रसाद फुँयाल लगायतको सहभागिता रहेको थियो ।